व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

उपवाक्य

वाक्यमा झैँ उपवाक्यमा पनि एउटा कर्ता र एउटा क्रियापद हुन्छ तर यसले भने ठुलो वाक्यको अंशको भूमिका निर्वाह गर्छ ।

सबै वाक्यमा एउटा मुख्य उपवाक्य हुन्छ । त्यस्ता उपवाक्यलाई एक वा एकभन्दा बढी अधीन उपवाक्यको प्रयोग गरी रूपान्तर गर्न सकिन्छ । यदि कुनै अधीन उपवाक्यले नामिक पदको अर्थमा परिवर्तन ल्याउँछ भने सो उपवाक्यलाई सम्बन्धवाचक उपवाक्य भनिन्छ । यदि अधीन उपवाक्यले क्रियापद वा सम्पूर्ण मुख्य उपवाक्यको अर्थमा परिवर्तन ल्याउँछ भने त्यसलाई क्रियायोगी उपवाक्य भनिन्छ । त्यसैगरी अधीन उपवाक्यले नामको भूमिका निभाउँछ भने त्यसलाई नामिक उपवाक्य भनिन्छ ।

एउटा वाक्यमा एकभन्दा बढी मुख्य उपवाक्य हुन सक्छन् ।

सम्बन्धवाचक उपवाक्य

नामको अर्थमा परिवर्तन ल्याउने उपवाक्यलाई सम्बन्धवाचक उपवाक्य भनिन्छ । सम्बन्धवाचक उपवाक्य सामान्यतया त्यसले रूपान्तरण गर्ने नामिक पदको पछाडि आउँछ र त्यसको सुरुवातमा ci वा cual सम्बन्धवाचक सर्वनाम हुन्छ :

स्पष्टताका लागि लामा तथा घुमौरा प्रकारका सम्बन्धवाचक उपवाक्यलाई अल्पविरामको प्रयोग गरी वाक्यका अन्य भागहरूबाट छुट्ट्याइन्छ :

कुनैकुनै सम्बन्धवाचक उपवाक्यले वाक्यको अर्थमा खास परिवर्तन ल्याउँदैनन् तर सानातिना टीका तथा जानकारी थप्छन् । त्यस्ता उपवाक्यका अगाडि सधैँ अल्पविरामको प्रयोग गरिन्छ :

Cicual ले सम्बन्धवाचक उपवाक्यको कर्ताको पनि भूमिका निर्वाह गर्न सक्छन् र कर्मको पनि । कर्म सामान्यतया क्रियापदको पछाडि आउँछ तर यी सर्वनामले कर्मको भूमिका निभाउँदा यिनलाई दुवै कर्ता र क्रियापदको अगाडि राखिन्छ :

सम्बन्धवाचक सर्वनाम सम्बन्ध कारकको कर्म हुँदा सम्बन्ध कारक अगाडि आउँछ :

सम्बन्धवाचक उपवाक्यभित्र de ci वा de cual ले कसैको स्वामित्वमा रहेको वस्तुलाई बुझाउँछ भने स्पष्टताका लागि सो नामको परिचय गराउनका लागि sua को प्रयोग गरिन्छ :

केही भाषाहरूमा सम्बन्ध कारकले पूर्वगामी उपवाक्यलाई पूर्णतः परिवर्तन गर्न सक्छ । एलेफेनमा त्यस्ता सम्बन्ध कारकका अगाडि स्पष्टताका लागि e lo, e esta वा e acel को प्रयोग गर्न सकिन्छ :

सम्बन्धवाचक उपवाक्यको सुरुवातमा सम्बन्धवाचक क्रियाविशेषणको पनि प्रयोग गर्न सकिन्छ :

त्यस्ता सम्बन्धवाचक उपवाक्यले क्रियायोगी उपवाक्यसँग मेल खान्छन् :

क्रियायोगी उपवाक्य

क्रियायोगी उपवाक्यले कि त मुख्य उपवाक्यको क्रियापदलाई रूपान्तरण गर्छ नभए मुख्य उपवाक्यलाई नै । वाक्यमा क्रियायोगी उपवाक्यको परिचय गराउनका लागि क्रियायोगी सापेक्ष संयोजक (como, cuando, cuanto, do) वा विशेष सापेक्ष संयोजक (si, car, afin, ca) को प्रयोग गरिन्छ :

क्रियायोगी सापेक्ष संयोजक (como, cuando, cuanto, do) को प्रयोगले परिचित क्रियायोगी उपवाक्यलाई सङ्क्षेपित​ सम्बन्धवाचक उपवाक्य मान्न सकिन्छ । उदाहरणका लागि, पछिल्ला तीन वाक्यलाई निम्न तरिकाले पनि प्रस्तुत गर्न सकिन्छ :

नामिक उपवाक्य

नामिक उपवाक्यले नामको भूमिका निभाउँछ : सो उपवाक्य क्रियापद वा सम्बन्ध कारकको कर्ता वा कर्म हुन सक्छ । वाक्यमा नामिक उपवाक्यको परिचय गराउनका लागि ce वा esce विशेष सापेक्ष संयोजक, cicual सार्वनामिक सापेक्ष संयोजक किंवा कुनै सापेक्ष क्रियाविशेषणको प्रयोग गर्न सकिन्छ ।

कुनै उपवाक्य वास्तवमा नै नामिक उपवाक्य हो कि होइन भनेर थाहा पाउनका लागि सो उपवाक्यको ठाउँमा “उनी” राख्नुहोस् । त्यसो गर्दा अर्थपूर्ण वाक्य बन्छ भने सो उपवाक्य नामिक उपवाक्य हो । नामिक उपवाक्य सामान्यतया विचार, बोध वा भावनासँग सम्बन्धित क्रियापदका कर्म हुन्छन् :

धेरैजसो नामिक उपवाक्यको परिचय गराउने ce वा esce विशेष सापेक्ष संयोजकहरूको प्रयोग गरिन्छ :

नामिक उपवाक्यले प्रायः कसैले भनेको, सोधेको वा सोचेको कुराबारे जानकारी गराउँछ । सबै स्थितिमा नामिक पदको काल मौलिक बोली, सोच वा प्रश्नको कालमा नै प्रस्तुत गरिन्छ :

सम्बन्धवाचक र क्रियायोगी उपवाक्य कहिलेकाहीँ हेर्नमा नामिक उपवाक्य झैँ हुन्छन् । त्यस्तो भ्रम नहोस् भन्नका लागि cual वा ci को अगाडि नाम वा सर्वनाम हाल्न सकिन्छ :

निरपेक्षाकृत उपवाक्य​

निरपेक्ष संयोजकको प्रयोग गरी दुइटा मुख्य उपवाक्यलाई जोड्न सकिन्छ । संयोजकको अगाडि प्रायः अल्पविराम राखिन्छ :

त्यस्ता उपवाक्यहरू संयोजकको प्रयोग गरे-नगरे पनि स्वतन्त्र वाक्यका रूपमा खडा हुन सक्छन् :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).