व्याकरण
हिज्जे र उच्चारण ·
वाक्य ·
नाम ·
निर्धारक ·
सर्वनाम ·
विशेषण ·
क्रियाविशेषण ·
क्रियापद ·
सम्बन्ध कारक ·
संयोजक ·
प्रश्न ·
उपवाक्य ·
गणनाक्रम ·
शब्दरचना ·
सङ्क्षेपक चिह्न ·
लेख्य चिह्न
एलेफेनमा लेख्य चिह्नसम्बन्धी कुनै कडा नियम छैन । स्पष्टता र सङ्गतिलाई ध्यानमा राखेर लेख्य चिह्नको प्रयोग गर्नु पर्याप्त छ । यद्यपि, एलेफेनमा लेख्य चिह्नको प्रयोगका लागि बनाइएका नियमहरू युरोपेली भाषाहरूमा लेख्य चिह्नको प्रयोगका नियमहरूमा आधारित छन् ।
वाक्यको पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ ।
सामान्य वाक्यको अन्त्यमा पूर्णविराम ( .
) को प्रयोग गरिन्छ ।
वाक्य प्रत्यक्ष प्रश्न हो भने त्यसको अन्त्यमा प्रश्नवाचक चिह्न ( ?
) को प्रयोग गरिन्छ ।
वाक्यमा आश्चर्य, खुसी, अफसोच, घृणा आदि भाव बुझाइएको छ भने त्यसको अन्त्यमा उद्गार चिह्न ( !
) को प्रयोग गरिन्छ ।
अल्पविराम ( ,
) ले वाक्यमा विश्रामको सूचना गर्छ अथवा वाक्यका भागलाई स्पष्ट पार्नका लागि त्यसको प्रयोग गरिन्छ । सूचीमा रहेका वस्तुलाई छुट्ट्याउनका लागि पनि अल्पविरामको प्रयोग गरिन्छ ।
सङ्ख्या लेख्दा दशमलवका लागि लेखकको इच्छाअनुसार अल्पविराम वा बिन्दुको प्रयोग गरिन्छ ।
निर्देशक चिह्न ( :
) लाई अन्तिम वाक्यको समर्थनमा आउने उपवाक्यको पछाडि प्रयोग गरिन्छ । यसले धेरै अल्पविराम भएका लामा उपवाक्यलाई छुट्ट्याउने काम पनि गर्छ ।
प्राथमिक लेख्य चिह्नको देब्रेपट्टि खाली ठाउँ छोड्नु हुँदैन । यद्यपि, अनुच्छेदको अन्त्यमा बाहेक अन्य प्रयोगमा लेख्य चिह्नको दाहिनेपट्टि खाली ठाउँ छोड्नुपर्छ ।
प्रत्यक्ष भनाइ प्रस्तुत गर्दा उद्धरण चिह्नको प्रयोग गरिन्छ । विश्वभर उद्धरण चिह्नका रूपमा विभिन्न चिह्नको प्रयोग गरिन्छ । एलेफेनमा भने “”
लाई मान्यता दिइन्छ । प्रत्यक्ष कथनभित्र अर्को कथन आएमा ‘’
को प्रयोग गरिन्छ । यद्यपि, दैनिक बातचितको प्रसङ्गमा उद्धरण चिह्नको खासै महत्त्व छैन । कथन र उद्धरण चिह्नको बिचमा खाली ठाउँ छोड्नु हुँदैन ।
केही भाषाहरूमा कथनको बिचमा नै अर्को व्यक्तिले बोल्न थालेमा उद्धरण चिह्नको सट्टामा — को प्रयोग गरिन्छ । एलेफेनमा त्यसो नगर्ने सल्लाह दिइन्छ किनभने सो चिह्नका अन्य प्रयोग पनि छन् जसकारण भ्रम पैदा हुन सक्छ ।
कथामा पात्रले भनेको कुरालाई प्रस्तुत गर्दा सो पात्रको नाम र सो कथनको बेलाको हाउभाउलाई समेत कथामा समावेश गरिन्छ । त्यस्तो बेलामा चाहिँ हाउभाउको वर्णन र कथनको बिचमा — को प्रयोग गर्ने सल्लाह दिइन्छ । त्यसो गर्दा कथित वाक्यमा रहेको लेख्य चिह्नमा परिवर्तन गर्नुपर्दैन :
विशेष शब्दमा ध्यान दिनुपर्दा एकोहोरो उद्धरण चिह्नको प्रयोग गरिन्छ :
अनेक बिन्दु ( …
) ले छोटो विश्राम वा कुनै शब्द छुटेको बुझाउँछ ।
योजक चिह्न ( – वा — ) र कोष्ठ चिह्न ( (
…)
) ले वाक्यको सामान्य प्रवाहमा थपिएको टिप्पणीलाई बुझाउँछन् ।
सङ्क्षेपक चिह्न ( ’
) ले स्वरवर्णको लोपलाई बुझाउँछ । प्रायः काव्यमा स्वरवर्णको यस्तो लोप हुन्छ ।
एलेफेनमा देशको चलनअनुसार मौद्रिक चिह्न (€, ¥, £, $) लाई मूल्यको अगाडि वा पछाडि राखिन्छ ।
यीबाहेक अन्य लेख्य चिह्न त छन् तर तिनका लागि एलेफेनमा कडा नियम छैनन् ।
Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 12 otobre 2024 (16:16 UTC).