व्याकरण
हिज्जे र उच्चारण ·
वाक्य ·
नाम ·
निर्धारक ·
सर्वनाम ·
विशेषण ·
क्रियाविशेषण ·
क्रियापद ·
सम्बन्ध कारक ·
संयोजक ·
प्रश्न ·
उपवाक्य ·
गणनाक्रम ·
शब्दरचना ·
सङ्क्षेपक चिह्न ·
लेख्य चिह्न
सामान्यतया निर्धारकले वाक्यमा नामको परिचय गराउँछ र नामको पछाडि विशेषण वा सम्बन्ध कारकको प्रयोग गर्न सकिन्छ, जसले गर्दा नामिक पदको रचना हुन्छ । सामान्य नामले व्यक्ति, वस्तु वा स्थान जस्ता भौतिक चिजलाई जनाउँछ तर नामले व्यकरणात्मक दृष्टिले समान भावना तथा अवधारणालाई समेत बुझाउन सक्छ ।
नामको पछाडि -s प्रत्यय जोड्दा उक्त नाम बहुवचन हुन्छ । एकवचन नामको अन्तिममा व्यञ्जनवर्ण छ भने सो नामको अन्त्यमा -es प्रत्यय लगाउनुपर्छ । बहुवचन प्रत्ययले शब्दको स्वराघातमा कुनै परिवर्तन ल्याउँदैन :
नाम बहुवचन भए पनि उक्त नामको गुण वा विशेषता जनाउने विशेषणमा कुनै परिवर्तन हुँदैन । यद्यपि, विशेषणलाई नामको रूपमा प्रयोग गर्दा सो विशेषणलाई बहुवचनमा बदल्न सकिन्छ :
केही भाषाहरूमा बहुवचन मानिने केही वस्तुहरूलाई एलेफेनमा एकवचन मानिन्छ :
धेरै भाषाहरूमा जसरी नै एलेफेनमा पनि नामलाई गणनीय र अगणनीय गरी दुई भागमा छुट्ट्याइन्छ । गणनीय नामलाई सङ्ख्याको आधारमा परिवर्तन गर्न सकिन्छ र त्यस्ता नामले बहुवचन प्रत्यय -s स्विकार्छन् । सामान्य गणनीय नामले विशिष्ट एकाइलाई जनाउँछ :
गणनीय नामका विपरीत अगणनीय नामले बहुवचन प्रत्यय -s स्विकार्दैनन् । सामान्य अगणनीय नामले तरल पदार्थ, धुलो पदार्थ, द्रव्य, भावना र अवधारणा जस्ता अविशिष्ट एकाइलाई जनाउँछ । अगणनीय नामको अगाडि परिमाणबोधक विशेषणको प्रयोग गर्दा स्पष्टताका लागि नापतौलको एकाइ पनि राखिन्छ :
यद्यपि, विशेष स्थितिहरूमा अगणनीय नामलाई गणनीय नामका रूपमा पनि प्रयोग गर्न सकिन्छ :
सामान्यतया एलेफेनमा नामले आफूले चिनाएको वस्तुको लिङ्ग जनाउँदैन । नामको लिङ्ग जनाउन mas र fema विशेषणहरूको प्रयोग गरिन्छ :
यद्यपि, पारिवारिक सम्बन्ध जनाउने केही शब्दहरूको अन्त्यमा -a भए स्त्रीलिङ्ग र -o भए पुलिङ्ग भन्ने बुझिन्छ :
केही शब्दहरू सुन्नमा भिन्न भए पनि तिनीहरूले एउटै धारणाका भिन्न लिङ्गलाई चिनाउँछन् :
कहिलेकाहीँ ऐतिहासिक सामाजिक भूमिकाका पदको नाममा -esa प्रत्यय लगाई सो पदलाई स्त्रीलिङ्गी बनाइन्छ :
नामिक पदमा नाम र त्यसका विशेषकलाई समावेश गरिन्छ । यी विशेषकअन्तर्गत नामको अगाडि आउने निर्धारक र पछाडि आउने विशेषण र सम्बन्ध कारक पर्दछन् ।
वाक्यका दुई अत्यन्तै महत्त्वपूर्ण नामिक पद हुन् कर्ता र कर्म । कर्ता क्रियापदको अगाडि आउँछ भने कर्म क्रियापदको पछाडि । वाक्यमा सम्बन्ध कारकले अन्य नामिक पदको परिचय गराउँछ ।
नामिक पदमा सामान्यतया एउटा निर्धारक वा बहुवचन प्रत्यय -s लागेको नाम हुनुपर्छ । तथापि, सो नियम व्यक्तिवाचक नाम, बार, महिना वा भाषाका नाम तथा अगणनीय नामको अवस्थामा लागु हुँदैन :
विशेषतः सामान्य उखान तथा टुक्काहरूमा सम्बन्ध कारकको पछाडि नामिक पद आउँदा सो नियमको पालना अनिवार्य छैन :
विशेषण तथा निर्धारकमाथि क्रियाविशेषणले प्रभाव पार्न सक्छ । क्रियाविशेषण पनि विशेषण जस्तै देखिने हुनाले वाक्यमा प्रयोग भएका विशेषणहरूलाई अल्पविराम वा e को प्रयोग गरी छुट्ट्याइन्छ । बोल्ने बेला स्वरको उतार-चढाउले विशेषण तथा क्रियाविशेषणको बिच फरक छुट्टिन्छ :
कहिलेकाहीँ एउटा नामले सम्पूर्ण वर्गलाई बुझाउँछ । त्यस्ता स्थितिहरूमा la वा un को प्रयोग अथवा नाम एकवचन वा बहुवचनमा छ भन्ने कुराले खासै असर गर्दैन :
सर्वनाम नामिक पदको विशेष अवस्था हो । सामान्यतया सर्वनामको विकार गर्न सकिँदैन ।
उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्दलाई समानाधिकरण भनिन्छ । एलेफेनमा सामान्यतया दोस्रो शब्द वा वाक्यांशले अर्थ स्पष्ट पार्छ :
नामको पछाडि आएको सङ्क्षेपक चिह्न वा एकल अक्षरले उक्त नाममाथि प्रत्यक्ष प्रभाव पार्न सक्छ :
कहिलेकाहीँ एउटै व्यक्ति वा वस्तुलाई चिनाउन दुइटा नामलाई सँगै प्रयोग गरिन्छ । त्यस्तो बेलामा ती दुई नामलाई योजक चिह्नको प्रयोग गरी जोडिन्छ :
सबै स्थितिमा दुवै नाममा बहुवचन प्रत्यय -s वा -es लगाइन्छ :
एक विशेष अवस्थामा nomi (नाम राख्नु / बोलाउनु) क्रियापदको प्रयोग गरिन्छ :
Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 12 otobre 2024 (16:16 UTC).