व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

सर्वनाम

नाम, नामिक पद तथा वाक्यको सट्टामा प्रयोग गरिने शब्दलाई सर्वनाम भनिन्छ ।

पुरुषवाचक वा व्यक्तिवाचक सर्वनाम

सबै आदरार्थी स्थितिका लागि tu ले एकवचनीय द्वितीय पुरुषवाचक सर्वनाम र vos ले बहुवचनीय द्वितीय पुरुषवाचक सर्वनामलाई जनाउँछ ।

El लाई मानिस, स्तनधारी जनावर तथा चराका नामको सट्टामा प्रयोग गरिन्छ । यसलाई साहित्यिक अर्थमा यन्त्रमानव, चन्द्रमा, आँधी तथा विभिन्न जीवका लागि पनि प्रयोग गर्न सकिन्छ ।

Lo लाई वस्तु, सामान्य तथा सरल प्राणी, अवधारणा तथा विचारलाई व्यक्त गर्ने क्रममा प्रयोग गरिन्छ ।

Los दुवै ello को बहुवचन हो ।

एलेफेनमा सामान्यतया लिङ्गको भेद गरिँदैन । यद्यपि, कहिलेकाहीँ एउटै सन्दर्भमा दुवै पुरुष र महिलाको कुरा गर्दा पुरुषका लागि elo र महिलाका लागि ela को प्रयोग गर्न सकिन्छ ।

वाक्यमा व्यक्तिवाचक सर्वनामलाई सम्बन्धवाचक उपवाक्यले पछ्याउन सक्छ । वाक्यको अर्थ त्यसै पनि स्पष्ट हुन्छ भने सम्बन्धवाचक सर्वनामलाई दुइटा काम गर्न दिई अर्को सर्वनामलाई छोड्न सकिन्छ :

On फ्रेन्च on र जर्मन man झैँ एक सामान्य अनिश्चित सर्वनाम हो । यसले सामान्य रूपमा व्यक्ति वा जनसमूहलाई जनाउँछ । यसको प्रयोग गर्दा कर्मप्रधान क्रियाको प्रयोग आवश्यक हुँदैन :

Se दुवै एकवचन र बहुवचन तृतीय पुरुषवाचक सर्वनाममा प्रयोग गरिने निजवाचक सर्वनाम हो । यसले क्रियापदको कर्तालाई जनाउँछ तर कहिल्यै वाक्यको नै कर्तालाई भने जनाउँदैन :

अधिकारवाचक सर्वनाम भनेको la लागेका भेदक विशेषण नै हुन् :

निर्धारक सर्वनाम

जसरी विशेषणलाई नाममा परिणत गर्न सकिन्छ, त्यसरी नै अधिकतम निर्धारकलाई सर्वनाममा परिणत गर्न सकिन्छ । Esta, acelotra सर्वनामहरू बहुवचन हुँदा तिनीहरूमा जहिले पनि -s प्रत्यय लाग्छ । अन्य केही सर्वनामहरूमा पनि अर्थको स्पष्टीकरणका लागि -s प्रत्यय लगाउन सकिन्छ ।

उदाहरणका लागि,

निश्चित अङ्कलाई निश्चित मात्रा वा परिमाणको समूह बुझाउने सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ । यी सर्वनाममा सामान्यतया न त -s प्रत्यय लाग्छ, न त यिनलाई निर्धारकको नै आवश्यकता पर्छ :

Sento, mil वा milion जस्ता सङ्ख्याका अनिश्चित गुणालाई जनाउनका लागि ती सङ्ख्यामा -s प्रत्यय थपिन्छ :

La लाई सर्वनामको रूपमा प्रयोग गर्न मिल्दैन । त्यसको सट्टामा el, lolos को प्रयोग गरिन्छ :

No लाई सर्वनामको रूपमा प्रयोग गर्न मिल्दैन तर त्यसबाट nunno cosa सर्वनामहरू बन्छन् । Zero अङ्कलाई पनि सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ ।

La un la otra वा lunlotra मुहावराको अर्थ “एकअर्का” हो । यसका भिन्न स्वरूपअन्तर्गत la un o la otra (एक नभए अर्को), la un pos la otra वा pos lunlotra (एकपछि अर्को) र la un sur la otra वा la un sur la otra (एकमाथि अर्को) पर्दछन् :

केही वाक्यहरूमा सर्वनामको ठ्याक्क पछाडि क्रियापदको प्रयोग गरिएको हुन् सक्छ, जसकारण सो सर्वनामलाई निर्धारकसँग भ्रमित हुन सकिन्छ । उदाहरणका लागि, सन्दर्भको अभावमा, acel veni de Italia को अर्थ “इटालीबाट आउने क्रिया” पनि हुन सक्छ, “इटालीबाट आएको व्यक्ति वा वस्तु” पनि हुन सक्छ । सामान्यतया सन्दर्भले नै वाक्यको अर्थलाई स्पष्ट पार्छ । यद्यपि, नवीन एलेफेन वक्तालाई समस्या नपार्नका लागि निर्धारकलाई सर्वनाममा परिवर्तन गर्नुको सट्टामा सो निर्धारकपछि person वा cosa जस्ता सामान्य नाम थप्न सकिन्छ :

कहिलेकाहीँ क्रियारूपी नाम क्रियापद होइन भनेर स्पष्ट पार्नका लागि alga, multepoca जस्ता शब्दहरूका साथ निर्धारक र नामका बिचमा de राख्न सकिन्छ, जसले गर्दा निर्धारक त सर्वनाम बन्छ तर नाम भने क्रियापद बन्दैन । Estaacel जस्ता अन्य निर्धारकका साथ भने निर्धारकको अगाडि la राख्न सकिन्छ :

प्रश्नवाचक सर्वनाम

एलेफेनमा प्रत्यक्ष प्रश्न बनाउनका लागि दुइटा सर्वनामको प्रयोग गरिन्छ :

Ci लाई केवल सर्वनामको रूपमा प्रयोग गरिन्छ, कहिले पनि निर्धारकको रूपमा प्रयोग गरिँदैन ।

Cual लाई खासगरी निर्धारकको रूपमा प्रयोग गरिए पनि यसलाई सर्वनामको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

उदाहरणका लागि,

Cicual लाई अप्रत्यक्ष कथित प्रश्नमा पनि प्रयोग गरिन्छ ।

सम्बन्धवाचक सर्वनाम

Cicual ले सम्बन्धवाचक उपवाक्यको परिचय गराउनका लागि सम्बन्धवाचक सर्वनामका समेत भूमिका निर्वाह गर्छन् :

मानिस तथा जनावरका कुरा गर्दा सम्बन्धवाचक सर्वनामका रूपमा ci को प्रयोग गरिन्छ । अन्य स्थितिमा सम्बन्धवाचक सर्वनामको रूपमा cual को प्रयोग गरिन्छ :

केही सम्बन्धवाचक उपवाक्यहरूमा मुख्य उपवाक्यमा सो उपवाक्यले सम्बन्ध जनाउने नामलाई पछि छोडिन्छ । सो नामको सट्टामा सम्बन्धवाचक सर्वनामको प्रयोग गरिन्छ । त्यस्ता स्थितिमा, स्पष्टताका लागि, cual को ठाउँमा lo cualci को ठाउँमा el cual को प्रयोग गर्न सकिन्छ :

अन्य सर्वनाम

मानिसलाई जनाउनका लागि चार विशेष सर्वनामको प्रयोग गर्न सकिन्छ । ती सर्वनामलाई एकवचनमा मात्रै प्रयोग गर्न सकिन्छ :

उदाहरणका लागि,

वस्तुहरूको स्थितिमा algun, cualcun, cadunnun का ठाउँमा alga cosa (केही), cualce cosa (जुनसुकै, जेसुकै), cada cosa (सब) र no cosa (केही होइन) को प्रयोग गरिन्छ ।

सार्वनामिक पद

सामान्यतय निर्धारक वा विशेषणले सर्वनामको रूपान्तरण नगरे पनि सम्बन्ध कारकले सर्वनामको रूपान्तरण गर्न सक्दछ :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).