व्याकरण
हिज्जे र उच्चारण · वाक्य · नाम · निर्धारक · सर्वनाम · विशेषण · क्रियाविशेषण · क्रियापद · सम्बन्ध कारक · संयोजक · प्रश्न · उपवाक्य · गणनाक्रम · शब्दरचना · सङ्क्षेपक चिह्न · लेख्य चिह्न

सम्बन्ध कारक

सम्बन्ध कारक एक विशेष शब्द हो जसले वाक्यमा नामिक पदको परिचय गराई सम्बन्ध कारक पदको रचना गर्छ । सम्बन्ध कारक पदले सामान्यतया पूर्वगामी नाम, सर्वनाम, विशेषण वा क्रियाविशेषण किंवा सम्पूर्ण वाक्यको अर्थमा परिवर्तन ल्याउँछ । सम्बन्ध कारकले नामिक पद र वाक्यको शेष भागबिच सम्बन्ध देखाउँछ ।

एलेफेनमा कुल २२ वटा सम्बन्ध कारक छन् ।

a

A को अर्थ “मा” हो अर्थात् यसले अधिकरण कारकको भूमिका निर्वाह गर्छ । यसले कुनै चिजको उपर रहेको अवस्था अथवा कुनै निश्चित समय वा समयावधिको अर्थ बुझाउँछ :

बामुहावरा विस्तारको बेला a ले सम्बन्ध जनाउने सान्दर्भिक बिन्दुको काम गर्छ :

यीबाहेक a ले कुनै बिन्दुसम्मको चाललाई पनि बुझाउन सक्छ । यी चालअन्तर्गत अवस्थामा परिवर्तन तथा प्रापकलाई हस्तान्तरण जस्ता बामुहावरा चाल पनि पर्दछन् :

वास्तवमा स्थान बुझाउने कुनै पनि सम्बन्ध कारकले सो स्थानतर्फको चाललाई बुझाउन सक्छ । उदाहरणका लागि, mea pone mea libros en mea saco (“म झोलाभित्र किताब राख्छु”) मा en लाई “भित्र” को अर्थमा प्रयोग गरिएको छ । थप स्पष्टीकरण आवश्यक भएको बेलामा कुनै स्थानतर्फको चाललाई बुझाउनका लागि सम्बन्ध कारकको अगाडि a राख्न सकिन्छ :

A को अर्को विशेष प्रयोग क्रियाविशेषण बनाउनका लागि अन्य सम्बन्ध कारकको अगाडि हुन्छ । सम्बन्ध कारकले स्थान जनाउँछ​ भने उक्त संयोजनले कुनै स्थानतर्फको चाललाई बुझाउँछ । भूतकाल र भविष्यत्‌काल​ जनाउनका लागि पनि a antea pos को प्रयोग गरिन्छ :

A को अर्को विशेष प्रयोग वाक्यको कर्ममा पूरक थप्नु पनि हो । (कहिलेकाहीँ भने यस कामका लागि अन्य सम्बन्ध कारकको पनि प्रयोग गर्न सकिन्छ ।)

पूरक धातु हुन सक्छ । A को सट्टामा per को प्रयोग पनि गर्न सकिन्छ तर त्यसो गर्दा प्रमुख क्रियापदको कर्ता धातुको कार्यको अपेक्षित निर्वाहक हुन्छ । A ले कामको अपेक्षित निर्वाहक कर्म हो भन्ने कुरा जनाउँछ :

ante

Ante को अर्थ “अगाडि” वा “अघि” हो । यसको विपरीतार्थी शब्द pos हो ।

स्थानको प्रसङ्गमा ante ले तोकिएको वस्तुको ज्यादा महत्त्वपूर्ण स्थानलाई बुझाउँछ । कुन स्थान ज्यादा महत्त्वपूर्ण हुन्छ भन्ने कुरा वस्तु तथा प्रसङ्गमा भर पर्छ । धेरै कुराहरूको एउटा प्रत्यक्ष अघिल्लो भाग हुन्छ जसको माध्यमले उनीहरूले दुनियाँको सामना गर्छन् । अरू स्थितिहरूमा भने ante ले “छेउमा” जनाउँछ :

समयको प्रसङ्गमा ante ले कुनै समयभन्दा अगाडिको समयलाई बुझाउँछ :

Ante ले निश्चित बिन्दुभन्दा अलि अगाडिको बिन्दुसम्मको चाललाई पनि जनाउन सक्छ (= a ante) :

संयोजकको रूपमा ante cuando लाई “पहिले” को अर्थमा प्रयोग गरिन्छ :

asta

Asta को अर्थ “सम्म” हो । यसले कुनै ठाउँको भौगोलिक सीमा वा कुनै कामकुराको समयावधिलाई बुझाउँछ :

समयको सन्दर्भमा पनि asta लाई “सम्म” को अर्थमा नै प्रयोग गरिन्छ :

ca

Ca को अर्थ “भन्दा” वा “को तुलनामा” हो । यसले असमान तुलनाको सान्दर्भिक बिन्दुलाई बुझाउँछ :

como

Como को अर्थ “जस्तै” वा “झैँ” हो । यसले समान तुलनाको सान्दर्भिक बिन्दुलाई बुझाउँछ :

con

Con को अर्थ “सँग”, “साथ” वा “भएको” हो । यसको विपरीतार्थी शब्द sin हो ।

यसले साथमा रहेको व्यक्ति वा वस्तुको किंवा तिनको स्थितिको परिचय गराउँछ :

Con लाई “ले”, “बाट” वा “द्वारा” को अर्थमा अर्थात् करण कारकको रूपमा पनि प्रयोग गर्न सकिन्छ :

कुनै कार्यलाई सम्पन्न गर्नका लागि भौतिक साधनको प्रयोग गरिएको छैन भने अर्थात् कार्यको सम्पन्नतामा संलग्न साधन अमूर्त छ भने con को सट्टामा par को प्रयोगलाई प्राथमिकता दिइन्छ ।

An con को अर्थ “तापनि” हो :

contra

Contra को अर्थ “सम्मुख”, “विरुद्ध”, “विपरीत” वा “खिलाफ” हो । यसले वास्तवमा वा साहित्यिक अर्थमा विपरीत दिशामा फर्कने वा चल्ने चिजलाई बुझाउँछ :

de

De को अर्थ “देखि” वा “बाट” हो अर्थात् यसले अपादान कारकको भूमिका निर्वाह गर्छ । यसले छुट्टिने ठाउँ वा कुनै काम सुरु हुने समयलाई बुझाउँछ :

विस्तार गर्दा de ले मालिक्याइँ वा स्वामित्व देखाउँछ :

सैद्धान्तिक रूपमा de ले दुई वस्तु किंवा गुण तथा वस्तुबिच सम्बन्ध देखाउँछ :

केही भाषाहरूमा संयुक्त मानिने केही एकाइहरूलाई एलेफेनमा de ले जोडी दुइटा विभिन्न नामको रूपमा व्यक्त गरिन्छ :

सङ्कर सम्बन्ध कारकका रूपमा प्रयोग गरिने विभिन्न अभिव्यक्तिहरूमा de ले दोस्रो तत्त्वको रूपमा काम गर्छ :

अन्य सम्बन्ध कारकको अगाडि de को प्रयोग गर्दा कुनै ठाउँबाट टाढिएको बुझिन्छ :

A ले झैँ de को प्रयोग गरी सम्बन्ध कारकलाई क्रियाविशेषणमा परिवर्तन गर्न सकिन्छ । सो निर्मित क्रियाविशेषणलाई प्रसङ्गअनुसार अपादान कारकको अर्थमा प्रयोग गरिन्छ :

संयोजकको रूपमा de cuando लाई “देखि” को अर्थमा प्रयोग गरिन्छ :

en

En को अर्थ “मा” वा “भित्र” हो । यसको विपरीतार्थी शब्द estra हो ।

यसले कुनै परिधिको गर्भमा अर्थात् अन्तर खण्डमा रहेको अवस्थालाई बुझाउँछ :

सैद्धान्तिक रूपमा en ले बुझाउने स्थान द्रव्यको अवस्था, क्रिया अथवा शैली पनि हुन सक्छ :

En लाई कुनै वस्तु वा चिजको अन्तर खण्डमा पसेको अर्थमा पनि प्रयोग गर्न सकिन्छ (= a en) :

संयोजकको रूपमा en cuando लाई “जब” को अर्थमा प्रयोग गरिन्छ :

entre

Entre को अर्थ “बिच” वा “माझ” हो । यसले तोकिएको वस्तु वा घटनाको अगाडि-पछाडि अन्य कुनै वस्तु रहेको वा घटना घटेको कुरा बताउँछ :

estra

Estra को अर्थ “बाहिर” हो । यसको विपरीतार्थी शब्द en हो ।

यसले कुनै स्थान, सीमा, अवस्था, नियम आदिदेखि पर रहेको अवस्थालाई बुझाउँछ :

Estra ले कुनै ठाउँतर्फको चाललाई पनि बुझाउन सक्छ (= a estra) :

बमुहावारा estra ले “बाहेक” को अर्थ दिन सक्छ :

longo

Longo ले कुनै परिधिसँग समानान्तर गतिलाई बुझाउँछ :

विस्तार गर्दा longo ले “अनुसार” को अर्थ दिन सक्छ :

par

Par को अर्थ “द्वारा” वा “बाट” हो । यसले कर्मवाच्य वाक्यको प्रमुख कर्ता अथवा कर्तृवाच्य​ वाक्यमा कुनै कृतिको रचनाकारलाई बुझाउँछ :

विस्तार गर्दा par ले कुनै काम सम्पन्न गर्न प्रयोग गरिएको साधनको अर्थ दिने कारण कारकको भूमिका पनि निभाउँछ :

सकर्मक क्रियालाई नाममा परिवर्तन गरिएको बेलामा क्रियाको कर्ता र कर्म उस्तै प्रकृतिका छन् भने कर्तालाई बुझाउनका लागि par र कर्मलाई बुझाउनका लागि de वा a को प्रयोग गरिन्छ :

per

Per को अर्थ “का निम्ति”, “का लागि” वा “लाई” हो अर्थात् यसले सम्प्रदान कारकको भूमिका निर्वाह गर्छ । यसले वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गराइएको प्रायोजन बनी आउने नामिक पदलाई बुझाउँछ :

विस्तार गर्दा per ले विनिमय गरिएको वस्तुलाई पनि बुझाउँछ :

यसले अभिप्रेत समयावधिलाई बुझाउन सक्छ :

विशेष स्थितिमा per ले अभिप्रेत वा प्रतिनिधित्व गरिएको वस्तुको परिचय गराउँछ :

pos

Pos को अर्थ “पछाडि” वा “पछि” हो । यसको विपरीतार्थी शब्द ante हो ।

स्थानको प्रसङ्गमा pos ले कुनै तोकिएको वस्तुको कम महत्त्वपूर्ण स्थानलाई बुझाउँछ :

समयको प्रसङ्गमा pos ले कुनै समयभन्दा पछाडिको समयलाई बुझाउँछ :

Pos ले निश्चित बिन्दुभन्दा अलि पछाडिको बिन्दुसम्मको चाललाई पनि जनाउन सक्छ (= a pos) :

संयोजकको रूपमा pos cuando लाई “पछि” को अर्थमा प्रयोग गरिन्छ :

sin

Sin को अर्थ “बिना” वा “रहित” हो । यसले कुनै चिजको अभावलाई बुझाउँछ :

sirca

Sirca को अर्थ “वरिपरि” वा “यताउति” हो । यसले कुनै कुराको नजिकपुँडो रहेको वस्तुलाई बुझाउँछ :

यसलाई कुनै गोलाकार मार्गमा चलेको अर्थमा पनि प्रयोग गर्न सकिन्छ :

समय तथा परिमाणका प्रसङ्गमा sirca ले कथित मात्रा अनुमानित हो र वास्तविक मात्रा कथित मात्रा वरिपरि निश्चित रेन्जभित्र पर्छ भन्ने बुझाउँछ :

su

Su को अर्थ “तल” वा “मुनि” हो । यसले यथार्थतः वा बुमाहवारा उँधो रहेको स्थानलाई बुझाउँछ :

विस्तार गर्दा su ले तल्लो स्तरमा रहे-नरहे पनि कुनै कुराले ढाकिएको अवस्थालाई पनि बुझाउन सक्छ :

Su ले निश्चित बिन्दुभन्दा अलि मुन्तिरको बिन्दुसम्मको चाललाई पनि जनाउन सक्छ (= a su) :

supra

Supra को अर्थ “माथि” वा “मास्तिर” हो । यसले यथार्थतः वा बमुहावारा उँभो रहेको स्थानलाई बुझाउँछ :

Supra ले दुई वस्तुबिच खाली ठाउँ रहेको अवस्थालाई बुझाउँछ । खाली ठाउँ नरहेको बेलामा sur को प्रयोग गरिन्छ ।

विस्तार गर्दा supra ले माथिल्लो स्तरमा रहे-नरहे पनि कुनै कुरालाई ढाकेको अवस्थालाई पनि बुझाउँछ :

Supra ले निश्चित बिन्दुभन्दा अलि माथिको बिन्दुसम्मको चाललाई पनि जनाउन सक्छ (= a supra) :a

sur

Sur को अर्थ “मा” वा “माथि” हो अर्थात् यसले अधिकरण कारकको भूमिका निर्वाह गर्छ । यसले भौतिक रूपमा कुनै चिजको उँभो रहेको अर्थ बुझाउँछ :

Sur लाई निश्चित स्थानको सतहमा कुनै कुरा राख्ने अर्थ जनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ (= a sur) :

सैद्धान्तिक रूपमा sur लाई “सम्बन्धी” वा “को बारेमा” को अर्थमा प्रयोग गर्न सकिन्छ :

tra

Tra को अर्थ “मार्फत” वा “द्वारा” हो । यसले काम सम्पन्न हुने वा चाल चल्नका लागि अँगालिने साधन वा स्थानलाई जनाउँछ :

Tra cuando वा tra ce लाई “उन्जेल” को अर्थमा प्रयोग गरिन्छ :

ultra

Ultra को अर्थ “पारि” हो । यसले कुनै वस्तुको पल्लोपट्टि रहेको स्थानलाई बुझाउँछ :

Ultra ले निश्चित बिन्दुभन्दा पल्लोपट्टिको बिन्दुसम्मको चाललाई पनि जनाउन सक्छ (= a ultra) :

Esta paje es presentada con la lisensa CC Attribution-Share Alike 4.0 International.
Lo ia es automatada jenerada de la paje corespondente en la Vici de Elefen a 29 febrero 2024 (16:03 UTC).