शब्दरचना

एलेफेनमा रहेका शब्दहरूमा विभिन्न उपसर्ग वा प्रत्यय जोडी नयाँ शब्दको निर्माण गर्न सकिन्छ । यसका साथै दुइटा शब्दको समासबाट नयाँ नामको रचना गर्न सकिन्छ ।

एलेफेनमा रूपमा फेरबदल नगरी विशेषणक्रियापदलाई पनि नामको रूपमा प्रयोग गर्न सकिन्छ ।

उपसर्ग

Anti- ले नेपाली उपसर्ग “अ” को काम गर्छ । यसले अभाव वा निषेधको अर्थ बुझाउँछ :

Auto- ले नेपाली उपसर्ग “स्व” को काम गर्छ । यसले निजको अर्थ बुझाउँछ :

Des- ले नेपाली उपसर्ग “निस्” को काम गर्छ । यसले पूर्ववत् गर्ने अर्थ बुझाउँछ । S, Z, X र Y को अगाडि प्रयोग हुँदा सो उपसर्ग सरलीकृत भई de- बन्छ :

Inter- ले नेपाली उपसर्ग “अन्तर” को काम गर्छ । यसले आधारपदका सन्दर्भको माझमा अथवा परस्परको अभिप्रायको अर्थ बुझाउँछ :

Media- ले नेपाली “मध्य” को काम गर्छ । यसले केन्द्रको अर्थ बुझाउँछ :

Non- ले पनि नेपाली उपसर्ग “अ” कै काम गर्छ । यसले अभाव वा निषेधको अर्थ बुझाउँछ । N को अगाडि प्रयोग हुँदा सो उपसर्ग सरलीकृत भई no- बन्छ :

Pos- ले नेपाली “पश्च” को काम गर्छ । यसले पछाडिको अर्थ बुझाउँछ :

Pre- ले नेपाली “पूर्व” को काम गर्छ । यसले अगाडिको अर्थ बुझाउँछ :

Re- ले नेपाली उपसर्ग “पुनः” को काम गर्छ । यसले फेरि काम गरेको वा उल्टो काम गरेको अर्थ बुझाउँछ :

Su- ले नेपाली उपसर्ग “अधो” को काम गर्छ । यसले तल्लो स्तरको अर्थ बुझाउँछ :

Supra- ले नेपाली उपसर्ग “अति” को काम गर्छ । यसले माथिल्लो स्तरको अर्थ बुझाउँछ :

Vis- ले नेपाली उपसर्ग “उप” को काम गर्छ । यसले सहायकको अर्थ बुझाउँछ :

Bon-mal- ले क्रमशः राम्रो र नराम्रोका अर्थ बुझाउँछन् :

केही शब्दहरूमा सङ्ख्या तथा भिन्नलाई उपसर्गका रूपमा प्रयोग गरिन्छ । त्यसो गर्नाले पारिवारिक नातागोता वा अनुक्रमको बुझिन्छ :

प्रत्यय

एलेफेनमा ज्यादाबिधि प्रत्यय स्वरवर्णबाट सुरु हुन्छन् । जब स्वरवर्णमा टुङ्गिने शब्दमा प्रत्यय लगाइन्छ, तब सो स्वरवर्णलाई हटाइन्छ । यदि सो शब्दमा एउटा मात्र स्वरवर्ण थियो भने सो स्वरवर्णलाई शब्दमा जस्ताको तस्तै राखिन्छ :

प्रत्यय जोड्दा एलेफेनमा अस्वीकृत स्वरानुक्रम बन्छ भने उक्त स्वरानुक्रमको दोस्रो स्वरवर्णलाई हटाइन्छ :

यस नियमका दुइटा अपवाद छन् :

क्रियापद बनाउने प्रत्यय

अन्य क्रियापद झैँ प्रत्यय लगाएर बनाइएको क्रियापदलाई पनि नामका_रूपमा_क्रियापद|नामको रूपमा प्रयोग गर्न सकिन्छ ।

नाम र विशेषणलाई क्रियापदमा रूपान्तर गर्नका लागि -i प्रत्ययको प्रयोग गरिन्छ :

-i ले कुनै साधनको प्रयोग गरेर अथवा कुनै उपाय अपनाएर काम गर्ने अर्थ पनि बुझाउँछ :

विशेषण बनाउने प्रत्यय

अन्य विशेषण झैँ प्रत्यय लगाएर बनाइएका विशेषणलाई पनि गुण वा दोष बुझाउने शब्द र सो गुण वा दोष भएको व्यक्ति वा वस्तुलाई चिनाउने नामका रूपमा प्रयोग गर्न सकिन्छ ।

-i ले कुनै विशेष गुण वा दोषसँग सम्बन्ध रहेको अवस्थालाई बुझाउँछ :

-osa ले केही कुराले भरिपूर्ण रहेको अवस्थालाई बुझाउँछ :

-al ले केही कुरासँग सामान्य सम्बन्ध रहेको अवस्थालाई बुझाउँछ :

-iste ले कुनै विश्वास अथवा सम्प्रदायमा लागेका व्यक्ति वा सोसँग सम्बन्धित वस्तुलाई बुझाउँछ । नामको अन्त्यमा -isme छ भने त्यसको सट्टामा -iste लाग्छ । व्यक्तिवाचक नामको स्थितिमा भने अन्त्यमा रहेको स्वरवर्णलाई जस्ताको तस्तै छोडिन्छ :

-an ले कुनै स्थान वा समयसँग सम्बन्ध रहेको अर्थ बुझाउँछ :

-an भाषा तथा जनसमूहलाई बुझाउने पाँच प्रत्ययमध्ये एक हो । अन्य चार प्रत्ययअन्तर्गत -es, -ica, -i-sce पर्दछन् । एलेफेनमा शब्दलाई सकेसम्म मूल भाषाको शब्दसँग मिलाउन खोजिन्छ जसकारण कहिलेकाहीँ शब्दमा गैर-एलेफेन प्रत्यय जोडिन्छ, कहिलेकाहीँ प्रत्यय नै जोडिँदैन र कहिलेकाहीँ भने मूल शब्दमा नै परिवर्तन गरिन्छ :

यद्यपि, वक्ताको इच्छाअनुसार सबै देशको नाममा -an प्रत्यय जोड्न सकिन्छ :

रोग, मानसिक समस्या वा उस्तै प्रकारका समस्याका नामको पछाडि -ica प्रत्यय जोडी सो समस्याले ग्रस्त व्यक्तिलाई बुझाउन सकिन्छ :

क्रियापदको अन्त्यमा -nte प्रत्यय जोडी सो क्रियापदको सक्रिय कृदन्त बनाउन सकिन्छ जसले सो क्रियाको कर्ताको अर्थ बुझाउँछ । Es को सक्रिय कृदन्त esente हो :

-nte मा टुङ्गिने नामलाई क्रियाका नामको रूपमा प्रयोग गर्न मिल्दैन :

क्रियापदको अन्त्यमा -da प्रत्यय जोडी सो क्रियापदको सक्रिय कृदन्त बनाउन सकिन्छ जसले सो क्रियाको कर्मको अर्थ बुझाउँछ :

-da लाई क्रियाको भूतकालीन रूप जनाउनका लागि प्रयोग गर्न मिल्दैन :

-able ले योग्यता वा दक्षताको अर्थ बुझाउँछ :

नाम बनाउने प्रत्यय

क्रियापदको पछाडि -or लगाउँदा त्यसले सो काम गर्ने व्यक्तिलाई बुझाउँछ । नामको पछाडि लगाउँदा त्यसले सो नामसँग सम्बन्धित काममा संलग्न व्यक्तिलाई बुझाउँछ :

-ador ले भने कार्यको समापनका लागि प्रयोग गरिएको साधन वा उपकरणलाई बुझाउँछ :

नाम वा क्रियापदको पछाडि -eria को प्रयोग गर्दा सो वस्तु पाइने ठाउँ वा सो कार्य गरिने ठाउँ भन्ने बुझिन्छ :

-ia ले गुण वा दोषको भाववाचक नामको रचना गर्छ । -ia मा टुङ्गिने शब्दमा नै सो प्रत्ययको प्रयोग गर्दा शब्दको स्वरूपमा कुनै परिवर्तन हुँदैन :

Enfantiaveia जस्ता शब्दहरूले विशेष गुण वा दोषको समयलाई बुझाउँछन् । Sismografiatelefonia जस्ता केही शब्दहरू, उपकरणसँग सम्बन्धित विज्ञानको नाम (sismograf, telefon)।

अध्ययनका विभिन्न क्षेत्रका नामको अन्त्यमा ia वा ica लागेका भए तापनि ती प्रत्यय जोडिएर बनेका शब्द नभई मूल शब्द नै हुन् । ती क्षेत्रमा अध्ययनरत वा कार्यरत व्यक्तिलाई बुझाउनका लागि शब्दमा -iste प्रत्यय लगाइन्छ । विभिन्न सम्प्रदाय वा विश्वासलाई अँगालेका व्यक्तिलाई बुझाउन पनि सो प्रत्ययको प्रयोग गरिन्छ :

-isme ले भने विभिन्न कुराका मत वा सिद्धान्तलाई बुझाउँछ :

कम फलदार प्रत्यय

निम्न प्रत्ययलाई शब्दकोशमा परिभाषित केही शब्दहरूमा मात्र लगाइन्छ ।

-eta ले नामको लघुतावाची अर्थ जनाउँछ । लघुतावाची अर्थअन्तर्गत भित्री लुगा तथा जनावरका बाछा पर्दछन् । क्रियापद तथा विशेषणमा -eta प्रत्यय लगाउँदा सो कार्य वा विशेषताको लघु अर्थलाई बुझाउँछ :

-on ले विशिष्ट तरिकाले विस्तार गरिएको वस्तुको नाम बनाउँछ । यसअन्तर्गत बाहिरी लुगा पनि पर्दछ :

-eta-on भने petigrande का पर्यायवाची शब्द होइनन् । एलेफेनमा un careta grandeun salon peti हुनु पनि सम्भव छ । यिनले खासमा नयाँ शब्दका रचना गर्छन् जसलाई यत्तिकै कुरा गर्दा मूल शब्दका साना वा ठुला रूप भन्न सकिन्छ ।

परिवारका सदस्यलाई सम्बोधन गर्ने नाममा -o-a लगाई क्रमशः ती शब्दका पुलिङ्गी र स्त्रीलिङ्गी शब्द बनाउन सकिन्छ :

फलको नाममा रहेको अन्तिम -a लाई हटाएर त्यसको सट्टामा -o राख्दा सो फल फल्ने रूखको अर्थ बुझिन्छ :

कहिलेकाहीँ ऐतिहासिक सामाजिक भूमिकाका पदको नाममा -esa प्रत्यय लगाई पदलाई स्त्रीलिङ्गी बनाइन्छ :

प्राविधिक शब्दरचना पद्धति

ज्यादाबिधि अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक शब्दावली युनानी तथा रोमन मूलमा प्राविधिक उपसर्ग र प्रत्यय जोडेर बनाइएको छ । तद्रूप पद्धतिको प्रयोग गरी एलेफेनको लिप्यन्तर नियमावलीको आधारमा एलेफेनमा प्राविधिक तथा पारिभाषिक शब्दको रचना गरिन्छ ।

भिन्न तथा गुणा जनाउनका लागि -i-uple प्रत्ययहरूको प्रयोग गरिन्छ ।

समस्त शब्द

क्रियापदलाई त्यसको कर्मसँग संयोजन गरी समस्त शब्दको निर्माण गर्न सकिन्छ । सो समस्त शब्दले उल्लिखित वस्तुमाथि उल्लिखित काम गर्ने व्यक्ति वा वस्तुलाई बुझाउँछ :

Portavion मा झैँ कर्मको सुरुवातमा रहेको स्वरवर्ण र क्रियापदको अन्त्यमा रहेको स्वरवर्ण एउटै नभएसम्म दुइटै स्वरवर्णलाई समस्त शब्दमा जस्ताको तस्तै राखिन्छ ।

एलेफेनमा दुइटा नामबाट समस्त शब्द बनाउन मिल्दैन । दुइटा नामको बिचमा एउटा सम्बन्ध कारक राख्नुपर्ने हुन्छ । उदाहरणका लागि,

कहिलेकाहीँ यस्ता समस्त सब्दहरूले विशेष अर्थ दिन्छन् र तिनीहरूलाई एउटै शब्दको दर्जा दिइन्छ । उदाहरणका लागि, leon-de-mar (समुद्री सिंह) वास्तवमा सिंह होइन । त्यस्ता स्थितिमा शब्दलाई योजक चिह्नले जोडिन्छ र विशेषणलाई दोस्रो नामको पछाडि राखिन्छ । सिधा अर्थ दिने समस्त शब्दका लागि पनि स्पष्टताका लागि योजक चिह्नले जोड्न सकिन्छ :