निर्धारक

नामको पहिचान तथा परिमाण वा नामको सन्दर्भको निर्धारण गर्ने शब्द निर्धारक हो । एलेफेनमा निर्धारक मानिने बहुवचन प्रत्यय -s बाहेक अरू सबै निर्धारकलाई नामको अगाडि प्रयोग गरिन्छ ।

निर्धारकका पनि विभिन्न वर्गहरू हुन्छन् । Tota, la, esta, cual, cada, mea, multeotra प्रत्येक वर्गका निर्धारकका एक-एक उदाहरण हुन् ।

पूर्वनिर्धारक

Tota को अर्थ “सबै” हो । यसले नामले बुझाएको सम्पूर्ण परिमाणलाई बुझाउँछ, जुन गणनीय नामको स्थितिमा बहुवचन हुनुपर्छ । Cada को विपरीत tota ले नामअन्तर्गत पर्ने प्रत्येक एकाइको सट्टामा नामले समग्र रूपमा चिनाउने वस्तुलाई बुझाउँछ :

Ambos को अर्थ “दुवै” हो । नामले बुझाउने वस्तुको समग्र परिमाण दुई हो भन्ने थाहा भएको बेला यसलाई tota को सट्टामा प्रयोग गर्न सकिन्छ । यसको पछाडि आउने नाम बहुवचन हुनुपर्छ :

अर्थका आधारमा tota तथा ambosसङ्ख्याबोधक तथा परिमाणबोधक विशेषणबिच केही फरक छैन । यद्यपि, विन्यासका आधारमा यिनीहरू la लगायत नामिक पदका अन्य सबै निर्धारकका अगाडि आउने हुनाले यिनीहरूलाई एक भिन्न वर्ग मानिन्छ ।

यिनीहरूलाई सर्वनामका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

प्रविशेषण

एलेफेनमा दुइटा प्रविशेषण छन् : निश्चित प्रविशेषण la र अनिश्चित प्रविशेषण un । यहाँ “निश्चित” भन्नाले सो प्रविशेषण नामको नयाँ सन्धर्भको परिचय गराउने निर्धारक होइन तर पहिलेदेखि नै परिभाषित सन्दर्भबारे कुरा उठाउने निर्धारक हो भन्ने बुझिन्छ ।

La ले श्रोतालाई पहिलेदेखि ज्ञान भएको सन्दर्भलाई बुझाउँछ । उक्त निर्धारकलाई निम्न स्थितिहरूमा प्रयोग गरिन्छ :

Un ले श्रोतालाई हालसम्म ज्ञान नभएको एकवचन नामको परिचय गराउँछ । “एक” बुझाउने सङ्ख्याबोधक विशेषणको रूपमा पनि प्रयोग गर्न सकिने उक्त निर्धारकलाई बहुवचन वा अगणनीय नामसँग प्रयोग गर्न मिल्दैन ।

केही भाषाहरूमा अगणनीय नामको अनिश्चित परिमाण बुझाउनका लागि एक विशेष प्रकारको प्रविशेषणको प्रयोग गरिन्छ । त्यस्ता स्थितिमा एलेफेनमा कि त la को प्रयोग गरिन्छ कि त कुनै प्रविशेषणको प्रयोग गरिँदैन :

दर्शक सर्वनाम

दर्शक सर्वनामले नामको विशेषकलाई तोकेर देखाउँछ ।

Esta को अर्थ “यो” हो । यसले la जस्तै काम गर्छ तर यसले भौतिक वा साहित्यिक अर्थमा वक्ताको नजिकै रहेको व्यक्ति वा पदार्थलाई औँल्याउँछ :

Acel को अर्थ “त्यो” हो । यसले पनि la जस्तै काम गर्छ तर यसले वक्ताभन्दा टाढा रहेको व्यक्ति वा पदार्थलाई औँल्याउँछ :

Estaacel लाई सर्वनामका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

प्रश्नवाचक सर्वनाम

प्रश्नवाचक सर्वनाम प्रश्न उठाउन प्रयोग गरिने एक निर्धारक हो ।

Cual ले “कुन” वा “के” भन्ने प्रश्न गर्छ :

Cuanto ले “कति” भन्ने प्रश्न गर्छ :

Cualcuanto लाई सर्वनामका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

निर्वाचक निर्धारक

कुनै वर्ग वा समूहबाट कुनै एक निश्चित व्यक्ति वा वस्तुलाई औँल्याउन वा तोक्नका लागि निर्वाचक निर्धारकको प्रयोग गरिन्छ :

Cada को अर्थ “प्रत्येक” हो । यसको प्रयोगमा सबै व्यक्ति वा वस्तुलाई एक निश्चित एकाइ मानिन्छ । त्यसैले यसको विशेष्य नाम गणनीय र एकवचन हुनुपर्छ :

Cualce को अर्थ “जुनसुकै” हो । यससँग प्रयोग गरिने नाम सामान्यतया गणनीय हुन्छ । विशेष्य नाम अगणनीय भयो भने cualce को सट्टा alga को प्रयोग गरिन्छ :

Cualce को अर्थ “कुनै” वा “केही” हो । विशेष्यको पहिचानका थाहा नभएको अवस्थामा यसको प्रयोग गरिन्छ :

अगणनीय नाम वा गणनीय नामको नै बहुवचनका साथ alga को प्रयोग गर्दा विशेष्यको पहिचानका साथ त्यसको सङ्ख्या वा परिमाण पनि थाहा छैन भन्ने बुझिन्छ । यद्यपि, यसले multepoca बिच पर्ने थोरै परिमाणलाई जनाउँछ :

No को अर्थ “होइन” हो । यसले विशेष्यको अभावलाई बुझाउँछ :

Sola को अर्थ “मात्र” हो । यसले केवल एक वस्तु वा व्यक्तिलाई औँल्याउँछ :

Nosola बाहेक अरू सबै निर्वाचक निर्धारकलाई सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ । यी निर्धारकबाट व्यक्तिलाई औँल्याउन प्रयोग गरिने cadun, cualcun, algunnun जस्ता विशेष सर्वनामका रचना गर्न सकिन्छ । वस्तुलाई औँल्याउनका लागि सरल रूपमा निर्धारकपछि cosa को प्रयोग गरिन्छ ।

भेदक विशेषण

एलेफेनमा mea, tua, sua, nosa, vosa, lorcui लाई भेदक विशेषणका रूपमा प्रयोग गरिन्छ :

De me जस्ता वाक्यांशले पनि स्वामित्व जनाउँछ :

El, lo, los, on वा se का स्वामित्वमा रहेका वस्तुलाई जनाउनका लागि sua को प्रयोग गरिन्छ :

Per espresa de los (o de se plural), on pote usa la determinante lor en loca de sua. Ma esta es nunca obligante. Sua es sempre posible (e plu tradisional), ma en alga frases lor pote es plu clar:

En un suproposa ajetivin, on pote simpli de ci sua/lor/la e de cual sua/lor/la a la determinante cui:

सङ्ख्याबोधक तथा परिमाणबोधक विशेषण

सङ्ख्याबोधक विशेषण तथा परिमाणबोधक विशेषणले नामको निश्चित वा अनिश्चित सङ्ख्या अथवा वस्तुको मात्र वा परिमाण बुझाउँछ :

बहुवचन जनाउन प्रयोग गरिने -s प्रत्यय सबैभन्दा सामान्य परिमाणबोधक विशेषण हो । बहुवचन नाम रहेको नामिक पदमा अन्य कुनै निर्धारकको आवश्यकता पर्दैन :

अनिश्चित प्रविशेषण हुनुका साथै un लाई “एक” को अर्थमा पनि प्रयोग गरिन्छ । यसले विशेष्यको एकल परिमाण बुझाउँछ । तसर्थ, यस विशेषणको विशेष्यका रूपमा प्रयोग गरिएको नाम गणनीय र एकवचन हुनुपर्छ :

त्यसैगरी du, tre, cuatro आदि निश्चित अङ्कलाई सङ्ख्याबोधक विशेषणको रूपमा प्रयोग गर्न सकिन्छ :

Multe को “धेरै” हो । यसले कुनै पनि वस्तुको प्रशस्ततालाई बुझाउँछ :

Poca को अर्थ “थोरै” हो । Multe को विपरितार्थी शब्दको रूपमा प्रयोग गरिने यस विशेषणले कुनै पनि वस्तुको कमीलाई बुझाउँछ :

Plur es usable sola con nomes contable e plural. Lo refere a un cuantia relativa peti de cosas individua identifiable:

Contrastada, alga asentua ce la identia de la cosas es nondefinida:

Plu को अर्थ “धेरै” नै हो तर यसलाई तुलनात्मक रूपमा प्रयोग गरिन्छ । यसलाई बहुवचनीय अगणनीय नामका साथ प्रयोग गर्न सकिन्छ । La plu कुनै पनि नामको अधिकतम परिमाणलाई बुझाउँछ :

Min को अर्थ “थोरै” नै हो तर यसलाई तुलनात्मक रूपमा प्रयोग गरिन्छ । Plu को विपरितार्थी शब्दको रूपमा प्रयोग गरिने यस विशेषणलाई बहुवचनीय अगणनीय नामका साथ प्रयोग गर्न सकिन्छ । La min कुनै पनि नामको न्यूनतम परिमाणलाई बुझाउँछ :

No बाहेक अन्य सबै सङ्ख्याबोधक तथा परिमाणबोधक विशेषणलाई सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ ।

तुलनात्मक निर्धारक

माथि उल्लिखित निर्धारकहरूबाहेक एलेफेनमा चारवटा अलग निर्धारकहरूको प्रयोग गरिन्छ जसले दुई व्यक्ति वा वस्तुबिच रहेका समानता तथा भिन्नतालाई औँल्याउँछन् :

La mesma को अर्थ “उही” वा “त्यही” हो । यसको प्रयोग गर्दा la लाई छुटाउन सकिन्छ तर त्यसको सट्टा esta वा acel को प्रयोग गर्न सकिन्छ :

Otra को अर्थ “अरू” वा “अन्य” हो :

Tal को अर्थ “यस्तो” वा “त्यस्तो” हो :

Propre को अर्थ “आफ्नै” हो । यसले स्वामित्वमा बढी जोड दिन्छ । सामान्यतया निजवाचक अर्थ बुझाउनका लागि sua पछि प्रयोग गरिने यस निर्धारकले वर्णित नामको स्वामी वाक्यको कर्ता नै हो भन्ने कुरा जनाउँछ :

निर्धारकहरूको क्रम

वाक्यमा निर्धारकहरूलाई एक निश्चित क्रममा राखिन्छ :

उदाहरणका लागि,