वाक्य
एलेफेनमा धेरैजसो वाक्यमा एउटा क्रियारूपी वाक्यांश हुन्छ जसले कुनै काम गरेको वा कुनै घटना घटेको बुझाउँछ । क्रियारूपित वाक्यांशमा एउटा क्रिया र क्रियाविशेषण वा सम्बन्ध कारक जस्ता विशेषक हुन्छन् ।
धेरैजसो वाक्यमा कम्तीमा पनि एउटा नामिक पद हुन्छ जसले कुनै व्यक्ति वा वस्तुलाई बुझाउँछ । नामिक पदमा एउटा नाम र निर्धारक, विशेषण वा सम्बन्ध कारक जस्ता विशेषक हुन्छन् ।
कर्ता र कर्म
नामिक पदमा दुई महत्त्वपूर्ण भाग हुन् कर्ता र कर्म । तिनीहरूको ठिक अर्थ त वाक्यमा भर पर्छ तर सामान्य रूपमा भन्दा क्रियाव्यापारको प्रमुख सञ्चालक अर्थात् काम गर्ने व्यक्ति वा वस्तुलाई कर्ता भनिन्छ र कर्ताले गरेको कामको प्रत्यक्ष असर पर्ने व्यक्ति वा वस्तुलाई कर्म भनिन्छ ।
एलेफेनमा कर्ता जहिले पनि क्रियापदको अगाडि आउँछ र कर्म क्रियापदको पछाडि :
- La gato xasa la scural. – बिरालो (कर्ता) … लखेट्छ (क्रिया) … लोखर्के (कर्म) ।
- La xica gusta la musica. – केटी (कर्ता) … मन पराउँछिन् (क्रिया) … सङ्गीत (कर्म) ।
- La can dormi. – कुकुर (कर्ता) … सुत्छ (क्रिया) ।
En alga casos, per stilo o clari, on pote pone la ojeto de la verbo a la comensa de la frase:
- La gatos me no gusta.
धेरैजसो क्रियालाई कर्ता चाहिन्छ तर कर्म चाहिँदैन ।
पूरक
वाक्यको अर्को महत्त्वपूर्ण अंश हो पूरक । यो es (हुनु), deveni (बन्नु), pare (देखिनु) र resta (रहनु) जस्ता अपूर्ण वा पूराकापेक्षी क्रियापद प्रयुक्त वाक्यमा जोडिई क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्छ :
- Computadores es macinas. – कम्प्युटर (कर्ता) … हुन् (क्रिया) … मेसिन (पूरक) ।
- La aira pare umida. – हावा (कर्ता) … देखिन्छ (क्रिया) … आर्द्र (पूरक) ।
- La comeda deveni fria. – खाना (कर्ता) … हुन्छ (क्रिया) … चिसो (पूरक) ।
- La patatas ia resta calda. – आलु (कर्ता) … रहे (क्रिया) … ताता (पूरक) ।
- Nosa taxe es reconstrui la mur. – हाम्रो काम (कर्ता) … हो (क्रिया) … भित्ताको पुनर्निर्माण गर्नु (पूरक) ।
- La idea es ce tu canta. – योजना (कर्ता) … हो (क्रिया) … चाहिँ तिमीले गाउने (पूरक) ।
केही भाषाहरूमा कर्मको पनि पूरक हुन सक्छ, जस्तै — “जनताले उनलाई राष्ट्रपति बनाए” । त्यस्तो प्रकारको पूरक एलेफेनमा हुँदैन ।
सम्बन्ध कारक
वाक्यको अर्को महत्त्वपूर्ण अंश हो सम्बन्ध कारक, जसले अगाडि रहेको नाम वा क्रियापद वा पूरै वाक्यमा विवरण थप्छ :
- La om ia cade tra sua seja. – पुरुष (कर्ता) … लडे (क्रिया) … आफ्नो कुर्सीबाट (सम्बन्ध कारक) ।
- En la note, la stelas apare. – राति (सम्बन्ध कारक) … ताराहरू (कर्ता) … देखिन्छन् (क्रिया) ।
- Me dona esta poma a tu. – म (कर्ता) … दिन्छु (क्रिया) … यो स्याउ (कर्म) … तिमीलाई (सम्बन्ध कारक) ।
- Tu no aspeta como tua foto. – तिमी (कर्ता) … देखिँदैनौ (क्रिया) … तिम्रो फोटो जस्तो (सम्बन्ध कारक) ।
उपवाक्य
वाक्यांशका साथै केही वाक्यहरूमा उपवाक्य हुन्छन् जुन हेर्नमा ठुलो वाक्यभित्र रहेको सानो वाक्य जस्तो देखिन्छ । उपवाक्यले नामिक पद, क्रियारूपित वाक्यांश वा सम्पूर्ण वाक्यको अर्थमा परिवर्तन ल्याउन सक्छ :
- La om ci ia abita asi ia vade a Paris. – यहाँ बस्ने पुरुष न्युयोर्क गए ।
- El va visita en julio, cuando la clima es bon. – उनी जुलाईमा आउने छन्, जब हावापानी सुहाउँदो हुन्छ ।
- On no ia permete me a fa la cosas como me ia desira. – मलाई जे मन लाग्यो, त्यही गर्ने अनुमति थिएन ।
- Me pensa ce el es bela. – मलाई लाग्छ कि उनी सुन्दर छिन् ।